सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन्।
बाँकेको कोहलपुर नगरपालिका-११ धिताल पेटोल पम्पस्थित सडकमा भे.१२ प १४८५ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी दुर्घटना हुँदा चालक सोही नगरपालिका-१० कालिका नगर बस्ने ५९ वर्षीय टोल प्रसाद कोईरालाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
झापाको बुद्धशान्ति गाउँपालिका-४ बर्नेस्थित सडकमा बीआर ५५८५०० नम्बरको स्कारपियो र प्र.१-०१-०१६ प ३६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ बस्ने ४६ वर्षीय ठाकुर अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काभ्रेको पाँचखाल नगरपालिका-५ केराघारीस्थित सडकमा ना.७ ख ७२१४ नम्बरको ट्रकले बा. ९३ प ११७० नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक चौरीदेउराली गाउँपालिका-८ बस्ने ३५ वर्षीय रूपेस खरेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment