अमेरिकाबाट डिपोट गरिएका राईको झापाको परदेशी होटलमा मृत्यु

डिसी नेपाल
४ भदौ २०८२ १८:४५
2.1k
Shares

दमक । झापाको दमक-३ फाल्गुनन्द चोकस्थित परदेशी होटल एण्ड लजमा भाद्र १ गते मृत फेला परेका पुरुषले विषादी सेवन गरेको पाइएको छ।

आइतबार दिउँसो होटलको रुम नं. २०१ मा भुटानी शरणार्थी सन्जिल राई मृत अवस्थामा फेला परेका थिए।

दमक-३ बस्ने मनिला चाम्लिङ राईलाई भेट्न आएका उनी फोन गर्दा नउठाएपछि होटलमा खोज्दा कोठामा घोप्टो परी अचेत अवस्थामा भेटिएका थिए। कोठामा रहेको टेबुलमा ‘गुग्ली’ नामक विषादीको बट्टा समेत फेला परेको प्रहरीले जनाएको थियो।

राईलाई तत्काल लाइफलाइन अस्पताल दमक पुर्‍याइए पनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

उनी अमेरिकाबाट डिपोर्ट भएको भन्ने बुझिए पनि कुन मितिमा कुन नाकाबाट छिरेका हुन् भन्नेबारे प्रस्ट भइनसकेको प्रहरीले जनाएको छ। उनको परिवार अमेरिकामै रहेको बताइएको छ। झापाको शरणार्थी शिविशबाट अमेरिका गएका राई नेपाली भाषी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.