ग्रिनल्यान्ड बास्केटबल आजदेखि

डिसी नेपाल
५ भदौ २०८२ ८:३७
4
Shares

काठमाडौं । ग्रिनल्यान्ड आवासीय माविको आयोजनामा १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।

प्रतियोगितामा ३ विधामा ५६ टिमको सहभागिता रहने छ ।  सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ टिमले भाग लिने छन् । लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा जम्मा १ सय १ खेल हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने ग्रिनल्यान्डका सह–प्राचार्य विनोद घिमिरेले जानकारी दिए । विद्यालय प्रतियोगिताको पुरानो मध्येको एक ग्रिनल्यान्ड बास्केटबल २०६० सालदेखि सुरु भएको थियो । २०६२÷६३ को जनआन्दोलन, २०७२ सालको महाभूकम्प र २०७५-७६ को कोभिड महामारीका समय प्रतियोगिता हुन सकेको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.