लायन्स क्लब माछापोखरीद्वारा गुरुकुललाई खाद्यान्न सहयोग
काठमाडाैं। लायन्स क्लब अफ काठमाडाैं माछापोखरी र लियो क्लब अफ काठमाडाैं माछापोखरी काठमाडाैं तारकेश्वर धामले नुवाकोटमा रहेको एक गुरुकुलका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको छ।
पञ्चकन्या गाउँपालिका-३ कविलासस्थित ब्रम्हेश्वर गुरुकुल विद्यालयलाई खाद्य सामग्रीहरु वितरण गरिएको हो। गुरुकुलमा अध्ययनरत ४६ जना विद्यार्थी र ४ शिक्षकहरुका लागि चामल ६ बोरा, १०/१० केजीका दरले दाल, तेल, आलु, चना लगायतका दैनिक भान्सामा आवश्यक पर्ने खाद्य सामग्रीहरु क्लबले हस्तान्तरण गरेको छ।
सामाजिक सेवा अन्तर्गत उक्त सहयोग हस्तान्तरण गरिएको लायन्स क्लब अफ काठमाण्डौं श्री माछापोखरीका सचिव जगदिश्वर थपलियाले जानकारी दिए।
१७ वर्षअघि यस लायन्स क्लबको स्थापना भई हालसम्ममा देशका विभिन्न स्थानहरुमा सयौं संख्यामा सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेको छ।
अध्यक्ष सनत कुमार बस्नेतका अनुसार जसअन्तर्गत जेष्ठ नागरिक, गरिब, बालबालिका, विद्यार्थी लगायतलाई खाद्यान्न, लत्ताकपडा वितरण, रक्तदान, स्वास्थ्य शिविरहरु सञ्चालन, सरसफाई, वृक्षारोपण, प्राकृतिक प्रकोप तथा विपद्हरुमा उद्धार र सहायता लगायतका कार्यहरु गर्दै आइरहेको छ। यसमा हालसम्म ३४ जना लायन्स लिडरहरु आवद्ध रहेको सचिव थपलियाले बताए।







डिसी नेपाल







Facebook Comment