विक्रेताहरूको कदर गर्दै दराज नेपालद्वारा सातौ सेलर सम्मिटको भव्य आयोजना
काठमाडौं। नेपालकै अग्रणी अनलाइन मार्केटप्लेस दराज नेपालद्वारा ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आफ्नो सातौँ वार्षिक सेलर सम्मिट भव्यताका साथ आयोजना गरेको छ। साउन ३० गते ‘ह्याप्पि सेलिंग’ भन्ने नारा सहित आयोजना गरिएको यस कार्यक्रममा देशभरिबाट ४७० जना विक्रेताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सुरुवाती चरणमा विक्रेताको सशक्तिकरणको उद्देश्यका साथ आयोजना गरिएको सेलर सम्मिटलाई यस बर्ष अझ परिस्कृत गर्दै थप सुदृढताका साथ अघि बढाइएको छ। यस बर्षको कार्यक्रम अन्तर्गत दराजले विक्रेताको अनुभवलाई सहज, पहिचानलाई एकीकृत, संलग्नतालाई थप गहिरो, योगदानलाई अझ व्यापक मान्यता दिने र व्यापारलाई अझ सबल बनाउने उद्देश्यका साथ आवश्यक श्रोतहरु प्रदान गर्ने व्यवस्था गरिएको थियो।
“दराजको सफलताको प्रमुख आधार नै हाम्रा विक्रेताहरूको समर्पण र लगनशीलता हो। हामी स्थानीय साना तथा मझौला उद्यम (एसएमई) व्यवसायलाई अझ सक्षम बनाउन, लाखौं उपभोक्तासम्मको पहुँच दिलाउन र उहाँहरूलाई आवश्यक डिजिटल उपकरण उपलब्ध गराउन सदैव प्रतिबद्ध छौं। ‘‘ह्याप्पि सेलिंग’ ’ मार्फत हामी हाम्रा विक्रेताहरूको विश्वसनीय सहयात्री बन्ने प्रतिवद्धतालाई पुनः पुष्टि गर्न चाहान्छौँ। ”, दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले आफ्नो कि नोट प्रस्तुति दिँदै विशेष प्राथमिकताका साथ भने।
कार्यक्रममा दराज नेपालको नेतृत्व टोलीले पनि विक्रेताहरूसँगको सहकार्यले कसरी कम्पनीको वृद्धि र नेपालमा ई-कमर्सको विस्तारमा उल्लेखनिय भूमिका खेलेको छ भन्ने बारे आफ्ना अमूल्य दृष्टिकोणहरू पनि साझा गरेका थिए।
कार्यक्रमको संध्याकालीन सत्रको मुख्य आकर्षणका रुपमा २२ जना उत्कृष्ट विक्रेता तथा एफिलिएटहरूलाई सम्मानित गर्नु पनि रहेको थियो। कम्पनीका अनुसार उहाँहरूको लगनशीलता, नवीनता र ग्राहकलाई सदैव पहिलो प्राथमिकता दिने दृष्टिकोणले गर्दा नै उहाँहरु दराजमा सफलतापूर्वक व्यापार गर्न सकिन्छ भन्ने कुराको जीवन्त तथा उत्कृष्ट उदाहरणका रुपमा स्थापित गर्न सफल बन्नु भएका छन्।
यस वर्षको दराज सेलर सम्मिटमा पुरस्कार जित्न सफल विजेताहरू को सुची यस प्रकार रहेको छ :
– सेलर अफ द ईयर २०२५ : वान प्लस
– मनबाटै नेपाली अवार्ड : त्रीकाया
– टप एसएमई सेलर अवार्ड : स्मार्ट च्वाइस एनपी
– टप ईमर्जिंग सेलर अवार्ड : ग्लेन नेपाल
– दराज राइजिंग एफिलिएट अफ द ईयर : श्रृष्टि सुनुवार
– टप सेलर अफ द ईयर , एफएमसीजी : र्होटो
– फ्ल्याश सेल हिरो, एफएमसीजी : अस्टाबेरी
– क्याम्पेन हिरो, एफएमसीजी : अवीबी
– मोस्ट ईन्गेजिंग कन्टेन्ट क्रिएटर अफ द ईयर : सुक्शिता घिमिरे
-टप सेलर अफ द ईयर, ईलेक्ट्रोनिक्स : अल्टिमा लाइफस्टाइल
-फ्ल्याश सेल हिरो, ईलेक्ट्रोनिक्स : ग्रिन लाईफ एक्स्पेरियन्स
– क्याम्पेन हिरो, ईलेक्ट्रोनिक्स : बिग डिजिटल
-दराज एफिलिएट अफ द ईयर : एकता तन्डुकार
– टप सेलर अफ द ईयर, लाईफस्टाइल : साम प्रोफाइल न्यूट्रिशन नेपाल
– फ्ल्याश सेल हिरो, लाईफस्टाइल : जेम्स स्टोर नेपाल
-क्याम्पेन हिरो, लाईफस्टाइल : आफ्नो पसल
– दराज एक्स्प्रेस सेलर अफ द ईयर : अग्र्यानिक अनलाईन प्रा.लि.
-टप सेलर अफ द ईयर, फेशन : ब्राण्डहाउस
-फ्ल्याश सेल हिरो, फेशन : शप मी
-क्याम्पेन हिरो, फेशन : भ्यान्स
-दराज मार्केटिंग सोल्युशन च्याम्पियन : सेटाफिल
– दराज कस्टमर च्वाइस अवार्ड : ई मेला
दराज नेपालले यस अवसरलाई विक्रेताको उपलब्धि मात्र नभई, भविष्यका सहकार्य र साझा सफलताका लागि नयाँ अध्यायको सुरुवातको रुपमा समेत प्रस्तुत गरेको देखिन्छ। कम्पनीले आगामी दिनमा पनि आफ्ना विक्रेताहरूको दिगो वृद्धिमा सशक्त बनाउँदै नेपालको ई-कमर्स उद्योगलाई अझ सबल बनाउन निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता जाहेर गरेको छ।
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो। यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ। दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ।
ई-कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ।







डिसी नेपाल







Facebook Comment