ग्लोबल कन्सल्टको पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण
काठमाडौं । ग्लोबल कन्सल्टको पुतलीसडक ब्रान्च पुतलीसडकस्थित लालुपाते मार्गको भवनमा स्थानान्तरण भएको छ। लामो समय देखि विदेशमा पढ्न जाने विद्यार्थी माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्टले विद्यार्थीलाई ध्यानमा राखी पुतलीसडकस्थित आफ्नो ब्रान्चलाई नयाँ ठाउँमा स्थान्तरण गर्दै विभिन्न अफरघोषणा गरेको हो।
आफ्नो ब्रान्च स्थानान्तरणको अवसरमा आईएलटिएस, पिटीई पढ्न चाहने विद्यार्थीलाई तीन महिनासम्म आईएलटिएस, पिटीई निशुल्क गर्ने भएको छ। विशेष गरेर अहिले प्लसटु पास गरेर बसेका विद्यार्थीलाई मध्यनजरमा राखी यो अफर ल्याएको ग्लोबल कन्सल्टका म्यानेजिंग डायरेक्टर बसन क्षेत्रिले बताएका छन्।
उक्त ब्रान्चको स्थानान्तरण शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका अध्यक्ष डिके ढुँगानाले उद्घाटन गरेका हुन् भने,समाजसेवी बलराम श्रेष्ठ अष्ट्रेलियाबाट नेपाल आका म्यानेजिङ डायरेक्टर बसन क्षेत्री र सोही ब्रान्चका म्यानेजिङ डायरेक्टर नवराज पौडेल तथा मिनभवन ब्रान्चका म्यानेजिङ डायरेक्टर भोजराज न्यौपानेको उपिस्थति थियो।
ग्लोबलले विद्यार्थीलाई गुणस्तरीय र यथार्थ शैक्षिक परामर्श सेवा सुनिश्चित गराउने एकमात्र उद्देश्य लिएको ग्लोबल कन्सल्टका म्यानेजिङ डायरेक्टर बसन क्षेत्रीले बताए। अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको ग्लोबल पन्ध्र वर्षको अवधिमा स्वदेश तथा विदेशमा गरी अहिलेसम्म बाह्र वटा ब्रान्चबाट विद्यार्थीलाई शैक्षिक परामर्शको क्षेत्रमा आफ्नो उत्कृष्ट पहिचान बनाउन सफल भएको छ।
ग्लोबल कन्सल्टले अष्ट्रेलियामा हजारौं विद्यार्थी र स्थायी वसोवासका लागि भिसा प्रक्रियाको सफल परामर्शदाताको रुपमा काम गरेको छ। कार्यक्रमका प्रमुख अतिथि ढुँगानाले शुभकामना दिँदै पुतलीसडकस्थित नयाँ भवनमा स्थानान्तरण कन्सल्ट अझै धेरै सेवा विस्तार गर्दा ब्यापार व्यबसायलाई थप सहयोग पुग्ने बताए।
उच्च शिक्षाका लागि अस्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्ड लगायतका देश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा दिने उद्देश्यसहित स्थानान्तरणको अवसरमा पिटीई र आईएलटिएस पढ्न चाहने विद्यार्थीलाई तीन महिनासम्म पिटीई र आईएलटिएस नि:शुल्क गर्ने ग्लोबल कन्सल्टका म्यानेजिङ डायरेक्टर क्षेत्रीले बताए।
विद्यार्थीलाई दक्ष प्रशिक्षकद्वारा अन्तरराष्ट्रिय स्तरको आईएलटिएस, पिटीई नि:शुल्क कक्षा सन्चालन भैरहेको जानाकारी उनले दिए। विद्यार्थी अस्ट्रेलिया पुगिसकेपछि कुनै पनि परामर्श चाहिँएमा परामर्श सेवा उपलब्ध गरिने क्षेत्रीको भनाइ छ।







डिसी नेपाल








Facebook Comment