कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

डिसी नेपाल
५ भदौ २०८२ २१:५३
172
Shares

काठमाडौं। प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु एक करोड आठ लाख ३० हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउपर्नेमा ताप्लेजुङ सिरिजंघा गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय साहारा सुब्बा (थेवे) रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘दीपक थापा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी साहारा सुब्बा (थेवे) भएको वैदेशिक रोजगार ठगीसम्बन्धी कसूर मुद्दामा वैदेशिक रोजगार विभाग ताहाचलबाट पक्राउ गरी उपस्थित गराइदिने पत्र प्राप्त भएपछि निजलाई ललितपुर हरिसिद्धिबाट पक्राउ गरिएको हो।’

पक्राउ परेका निज सुब्बा (थेवे) लाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.