जनकपुरधाममा निजी विद्यालयले निकाले बस र्‍याली

डिसी नेपाल
६ भदौ २०८२ १८:४०
56
Shares

जनकपुर । जनकपुरधाममा निजी विद्यालयहरुले बस र्‍यालीसहित विरोध प्रदर्शन गरेका छन्। संसदीय समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार निजी विद्यालयले शान्तिपूर्ण बस र्‍याली निकालेका छन्।

समितिबाट पारित गरिएको शिक्षा विधेयकमा निजी विद्यालयहरुसँग बेइमानी गरिएको भन्दै निजी विद्यालयका सञ्चालकहरू आ–आफ्ना विद्यालयको बससहित जनकपुरधामको रामानन्द चोकबाट र्‍याली निकालेर नगर परिक्रमा गरेको छन्।

प्याब्सन जनकपुरधामको नगर अध्यक्ष रविन्द्र चौधरीका अनुसार शिक्षा विधेयकमा निजी विद्यालयलाई कम्पनी ऐन अन्तर्गत राखेर अन्याय गरेकाले केन्द्रीय सर्कुलर अनुसार आफूहरुले बस र्यालीसहित विरोध जनाएका हुन्। अहिलेको शिक्षा विधेयकमा पूर्ण छात्रवृतिको व्यवस्था आफूहरूलाई मान्य नरहेको उनले बताए।

निजी विद्यालयहरुलाई समाप्त पार्ने हिसाबले ल्याइएको शिक्षा विधेयकप्रति घोर आपत्ति जनाउँदै आफूहरू आन्दोलित हुन बाध्य भएको चौधरीको भनाई छ।

र्‍यालीमा प्याबसन, एनप्याब्सन र हिसानमा आवद्ध विद्यालयहरुका संचालकहरुको सहभागीता रहेको थियो।

उनीहरूले निजी विद्यालयहरुलाई शिक्षा विधेयकमा कम्पनी ऐन अन्तर्गत राख्ने व्यवस्थाका साथै पूर्ण छात्रवृतिको व्यवस्था नहटाइएसम्म आन्दोलन जारी रहेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.