वर्षासँगै पहिरो खस्दा हेटौँडा-काठमाडौं जोड्ने दुई सडक अवरुद्ध

डिसी नेपाल
६ भदौ २०८२ २०:३२
148
Shares

बागमती। वर्षासँगै पहिरो खस्दा हेटौँडा-काठमाडौं जोड्ने छोटो दूरीका दुई वटा सडक सडक पूर्णरूपमा अवरुद्ध भएका छन्।

कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको भिमफेदि गाउँपालिका-८ भर्लेडाँडामा आज दिउँसो वर्षाका कारण ढुङ्गा माटोसहितको पहिरो खस्दा उक्त खण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

यसैगरी वर्षासँगै त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-बागझुरामा गिट्टी बालुवासहित भलपानी झर्दा सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। अवरुद्ध दुवै सडकबाट पहिरो पन्छाउन सडक विभागसँगको पहलमा प्रयास भइरहेको उनले जानकारी दिए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.