पहिरोले महाकाली राजमार्ग पुनः अवरुद्ध

डिसी नेपाल
६ भदौ २०८२ २३:३५
32
Shares

खलङ्गा (दार्चुला)। पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तरगत दार्चुलाको सदरमुकाम खलङ्गा–गोकुलेश्वर सडकखण्डको तेर्छालेक रनेबास क्षेत्रमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। पहिरोमा परी बोलेरो जीपसमेत क्षति पुगेको छ।

जिल्ला सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सुपप्र ००१ ज ११८४ नम्बरको जीप पहिरोमा फसेको हो।

पहिरो खसेपछि जीपको अगाडिको भाग पुरै पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए। उनका अनुसार पहिरोमा पुरिएको जीपमा मानवीय क्षति भएको छैन। वर्षासँगै ढुङ्गामाटो खस्नेक्रम नरोकिएपछि जीपलाई निकाल्न समस्या भएको रावतले बताए। सडक विभागको उपकरणले पहिरो नजिक छन्। वर्षा नरोकिएपछि काठमाडौं र महेन्दनगरबाट आएका बस पनेवाजमा रोकिएका छन्।

जिल्ला सदरमुकाम खलङ्गाबाट आएका सवारी साधनसमेत बाटोमै रोकिएका छन्। उक्त क्षेत्रमा अहिले बेलाबेला सडक अबरुद्ध हुने गरेको छ। यसका कारणले यात्रुले सास्तीभोग्न बाध्य भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.