इटहरीमा आईआईसी इनोभेक्स, विराटनगर इन्टरनेशनल विजेता
इटहरी । नेपालकै सबैभन्दा ठूलो विद्यार्थी–नेतृत्वको नवप्रवर्तन र उद्यमशीलता महोत्सव ‘आईआईसी इनोभेक्स …३=०’ तीन दिनको भव्य यात्रापछि सफलतापूर्वक सम्पन्न भएको छ।
साउन ४ देखि ६ गतेसम्म इटहरी इन्टरनेशनल कलेजमा आयोजना गरिएको यस महोत्सवले देशभरका १६ वटा कलेजका विद्यार्थीलाई एउटै मञ्चमा ल्याउँदै सिर्जनात्मकता, प्रतिस्पर्धा र प्रेरणाको नयाँ उचाइ कायम गरेको हो।
यसपटक विराटनगर इन्टरनेशनल कलेज विजेता बन्न सफल भयो भने एसीई इन्स्टिच्युट अफ म्यानेजमेन्ट पहिलो रनरअप र हेराल्ड कलेज काठमाडौं दोस्रो रनरअप बने।
निर्णायकहरूले मौलिक विचार, स्पष्ट रणनीति र आत्मविश्वासपूर्ण प्रस्तुति प्रस्तुत गर्ने टोलीलाई उच् च अंक दिएका थिए।
विजेताहरूलाई कलेजका प्रमुख कार्यकारी अधिकृत सत्यव्रत कोइराला, कार्यक्रम लिडर अच्युतराज भट्टराईलगायत पदाधिकारीहरूले नगद पुरस्कार र ट्रफी प्रदान गरे।
‘फाइनान्सियल फीट’, ‘लिगल सिम्पोजियम’, ‘मार्केटिङ माभेन’ र ‘सिइओ क्रोनिकल्स’ जस्ता विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूले शैक्षिक ज्ञानलाई व्यवहारिक जगतमा उतार्ने अवसर पाएका थिए।
निर्णायक मण्डल, उद्योग विज्ञ र दर्शकहरू विद्यार्थीहरूको मौलिक प्रस्तुति र समाधान प्रस्तावले प्रभावित बने।
देशभरका दुइसय भन्दा बढी विद्यार्थीको प्रत्यक्ष सहभागिता रहेको इन्नोभेक्स ३.० मा उद्योग विज्ञ, शिक्षाविद् र मिडियाको उल्लेखनीय चासो रह्यो।
महोत्सवले विद्यार्थी, पेशेवर र सम्भावित रोजगारीदाताबीच बलियो नेटवर्किङ र सहकार्यको वातावरण बनाएको आयोजकहरूको दाबी छ।
समापन कार्यक्रममा आयोजक टोलीले सहभागी कलेज, मार्गदर्शक र सहकार्य साझेदारलाई धन्यवाद व्यक्त गर्दै ‘आईआईसी इनोभेक्स ३.०’ ले नेपाली विद्यार्थीहरूको विश्वस्तरीय क्षमता पुनः प्रमाणित गरेको उल्लेख गर्यो। साथै, उनीहरूले आगामी वर्ष ‘आईआईसी इनोभेक्स ४.०’ अझ ठूलो प्रभावका साथ आयोजना गर्ने योजना सार्वजनिक गरेका छन्।







डिसी नेपाल








Facebook Comment