वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो
वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट रु ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन्।
जुन गत आवको सोही वर्षको तुलनामा रु आठ अर्ब ११ करोडले बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव २०८१/८२ को साउनमा ६० अर्ब छ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो।
चालु आर्थिक वर्षको साउनमा यो नाकाबाट हुने निर्यात बढेको छ। चालु आवको साउनमा रु आठ अर्ब ४५ करोडको सामान विभिन्न मुलुकमा निर्यात भएको छ। गत आवको साउनमा तीन अर्ब पाँच करोडको मात्रै सामान निर्यात भएको थियो।
कार्यालयका अनुसार साउनमा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको छ । जबकी आव २०८१/८२ को साउनमा रु १५ अर्ब ९२ करोडको राजस्व सङ्कलन भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment