बाँकेमा ८५ किलोमिटर सडक निर्माण
नेपालगञ्ज । बाँकेमा करिब ८५ किलोमिटर विभिन्न प्रकारका सडक र नाला निर्माण गरिएको छ। सडक पूर्वाधार विकास र सहरी विकास तथा भवन कार्यालयले क्रमशः ४५ र ४० किलोमिटर सडक बनाएका हुन्।
सडक पूर्वाधार कार्यालयका प्रमुख दिपक खड्काले आव २०८१/०८२ ४५ किलोमिटर सडक र पक्की नाला निर्माण गरिएको जानकारी दिए। उनले सबैभन्दा बढी नेपालगञ्ज, खजुरा र वैजनाथ गाउँपालिकामा नाला र सडक बनाइएको बताए। सडक बनाउन २१ करोड खर्च भएको जानकारी पनि उनले दिए। सात वटा कल्भर्ट र कजवे, दुई वटा पुल निर्माण गरिएको छ।
सहरी विकास तथा भवन कार्यालयमार्फत जिल्लामा ४० किलोमिटर सडक र नाला निर्माण गरिएको छ। त्यसमध्ये सबैभन्दा बढी ११ दशमलव ५४ किलोमिटर ढल, ५ दशमलव ३९ किलोमिटर ग्राभेल सडक निर्माण गरिएको कार्यालयप्रमुख रामआत्रेय शाहले जानकारी दिए। दुवै कार्यालयले गत आवमा यी काम गरेका हुन्।







डिसी नेपाल







Facebook Comment