भियतनामका उपराष्ट्रपति नेपालमा

डिसी नेपाल
७ भदौ २०८२ १४:०८
68
Shares

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आएकी छन्।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी शनिबार नेपाल आएकी हुन्। भियतनामको तर्फबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उपराष्ट्रपति सुआन यही भदौ ७ देखि ९ गतेसम्म नेपाल रहने छन्।

भ्रमणको क्रममा, दुई उपराष्ट्रपतिले काठमाडौंमा हुने नेपाल–भियतनाम द्विपक्षीय बैठकमा आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् भने उपराष्ट्रपति जुआनले नेपालका उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट र शिष्टाचार भेटवार्ता गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.