भानुभक्त मेमोरियल विद्यालयद्वारा निम्नमाध्यमिक तहको अभिभावक दिवस सम्पन्न

डिसी नेपाल
८ भदौ २०८२ ११:१०
48
Shares

काठमाडाैं। आदिकवि भानुभक्तका नाममा सञ्चालित भानुभक्त मेमोरियल विद्यालयले निम्नमाध्यमिक तहको अभिभावक दिवस एक कार्यक्रम गरी मनाएकाे छ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तुति देखाएका थिए। जस अन्तर्गत नृत्य, नाटक, गायन आदिको प्रस्तुति निकै आकर्षक थियो।

यसै क्रममा कार्यक्रमका प्रमुख अतिथि काठमाडाैं विश्वविद्यालयका प्रा.डा. तथा शिक्षा शास्त्र संकायका डीन बालचन्द्र लुइँटेलले आफ्नो मन्तव्यको क्रममा ,आजको युगमा बाबु / नानीलाई सामाजिक सञ्जालको प्रयोगमा निगरानी अपरिहार्य भएको अन्य बरु तपशील रहेको कारणले यस मर्मलाई बुझ्न नितान्त जरुरी रहेको बताए। कार्यक्रममा अभिभावक प्रतिनिधि डा.मिलन राज गरतौलाले प्रमुख अतिथिको सोही कुरामा पुनः जोड दिए।

यसै क्रममा आगन्तुकलाई स्वागत मन्तव्य कार्यक्रमका संयोजक हरिराम रानाले गरेका थिए भने कार्यक्रम सञ्चालन शिक्षकद्वय निर्मल निरौला र शान्ता कुमारी ओझाले गरेका थिए। कार्यक्रमको सभापतित्व विद्यालयकी प्रधानाध्यापक ईश्वरी ढुङ्गानाले गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.