नारायणी पुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुर (नवलपरासी)। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नारायणी नदीको पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छभने अर्का एकजना घाइते भएका छन्।
आज साँझ करिब ६ बजेतिर गैँडाकोटबाट नारायणघाटतर्फ जाँदै गरेको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ना १ क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४३ प ८७ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो।
प्रहरीकाअनुसार ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक गैँडाकोट–४ का २३ वर्षीय मुनाल दाहाललाई उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्। ट्रकले मोटरसाइकललाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।
सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैँडाकोट–४ का प्रतीक घिमिरे घाइते भएका छन्। उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रनाउ नेपालले जानकारी दिए। ट्रक चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–९ घर भएका ३५ वर्षीय तुक्तबहादुर आले र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment