नाडा अटो शोमा टाटाका विद्युतीय सवारीको उत्साहजनक बुकिङ, अन्य ब्राण्डको समेत सुखद
काठमाडौं। नाडा अटो शोमा टाटाका विद्युतीय सवारीको उत्साहजनक बुकिङ भएको टाटा ब्राण्डको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ। यस वर्ष टाटाले पन्च इभी एसयुभी, नेक्सन केथ्री इभी, कर्भ इभी, टाटा टियागो इभी ह्याचब्याक शोरुममा राखेको थियो।
पछिल्लो समय भारतीय ब्राण्डका विद्युतीय कारहरुले नेपाली बजारमा वर्चश्व गुमाइरहेको खबर आएका बेला टाटाको उत्साहजनक बुकिङले ब्राण्डले नेपाली बजारमा कमब्याक गरेको देखाएको कम्पनीले जनाएको छ। शोमा अन्य ब्राण्डहरुले पनि सुखद बुकिङ पाएका छन्।
बीवाइडी, दिपल, नामी, फोटोन लगायतका ब्राण्डले पनि राम्रो बुकिङ पाएका छन्। बीवाइडीले यस पटक सबैभन्दा धेरै एटो २ को बुकिङ भएको जनाएको छ। दिपल, नामी, फोटोन ब्राण्डको बिक्रेता एमएडब्लु वृद्धिले पनि बुकिङ सुखद भएको जनाएको छ।
यस पटकको नाडा अटो शोमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे गरी ४ हजार २ सयको हाराहारिमा बुकिङ भएको व्यवसायीहरुले जनाएका छन्। यसमा ३ हजार ३ सयको हाराहारीमा बुकिङ शोस्थलबाटै र अन्य डिलरमार्फत बुकिङ भएको व्यवसायीले जनाएका छन्।







डिसी नेपाल







Facebook Comment