क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले १ करोड १० लाख नाफा कमायो

डिसी नेपाल
१० भदौ २०८२ ९:४५
48
Shares

काठमाडौं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आ.व. २०८१-८२ (२०२५) को पहिलो नौ महिनामा १ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीले यसअघि आ.व. २०८०÷८१ (२०२४) मा १ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

इक्रा नेपालको प्रतिवेदन अनुसार, क्रेस्टले ९ महिनामा कुल बीमा प्रिमियम संकलन २३ करोड ६० लाख रुपैयाँ पु¥याएको छ, जुन अघिल्लो आ.व.को ९ करोड ८० लाख रुपैयाँको तुलनामा दुई गुणाभन्दा बढी हो। कम्पनीको लगानी पोर्टफोलियो पनि बढ्दै २०७९ चैतसम्म करिब ७४ करोड ७० लाख रुपैयाँ पुगेको छ। जसको अधिकांश हिस्सा वाणिज्य बैंकहरूको सावधि निक्षेपमा राखिएको छ। यसले औसत ८.४ प्रतिशत प्रतिफल दिएको प्रतिवेदनमा उल्लेख छ।

इक्रा नेपालले क्रेस्टको इशुअर रेटिङलाई (इक्रा एनपी आएआर) मा यथावत् राखेको छ, जसले मध्यम स्तरको जोखिम जनाउँछ। प्रतिवेदनले कम्पनीको पर्याप्त पुँजी संरचना (२०८१ साउनसम्म १.९७ गुणा भुक्तानी अनुपात) र २३ शाखा तथा करिब १ हजार ४०० एजेन्टमार्फत विस्तार भएको नेटवर्कलाई सकारात्मक मानिएको छ।

तर, प्रतिवेदनले चुनौतीहरू पनि औंल्याएको छ। क्रेस्ट अझै पनि जीवन बीमामा उच्च मात्रामा टर्म (सुरक्षा) नीतिमा निर्भर छ, जसले आ.व. २०८१÷८२ को पहिलो नौ महिनामा कुल प्रिमियमको करिब ७१ प्रतिशत हिस्सा ओगटेको छ। संस्थागत तथा ऋण–सम्बद्ध बीमा नीतिहरुमा बढी निर्भरता र ठूला जीवन बीमा कम्पनीहरूसँग बढ्दो प्रतिस्पर्धाले दीर्घकालीन लाभप्रदता र विस्तारमा चुनौती खडा गर्ने देखिन्छ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले २०८० सालमा अनुमति दिएको हो। कम्पनीको मुख्य कार्यालय सुर्खेतमा र केन्द्रीय कार्यालय ललितपुर, सानेपामा रहेको छ। प्रमुख शेयरधारकमध्ये हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १५ प्रतिशत, मेट्रो क्यापिटल प्रा.लि.को १२ प्रतिशत शेयर छ र अन्य निजी लगानीकर्ताहरू रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *