धापमा भासिएर गैँडाको मृत्यु
नवलपुर । कावासोती–१५ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिक धापमा भासिएर एउटा पोथी गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
निकुञ्जका संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार पानी खान गएको गैँडाको दलदलमा फसेर आज बिहान ज्यान गएको हो। गैँडाको खाग र खुर सुरक्षित छ। पछिल्लो राष्ट्रिय गैँडा गणनाअनुसार सन् २०२१ मुलुकमा ७५२ वटा गैँडा छन् । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment