विदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन्।
पक्राउ परेकामध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै एक पीडितबाट १२ लाख र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै अर्का एक पीडितबाट ६ लाख लिई सम्पर्कविहीन भएका थिए।
त्यसपछि पीडितको उजुरीको आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुसनलाई काठमाडौं महानगरपालिका–९ बाट आइतबार र योगेन्द्रलाई काठमाडौं महानगरपालिका–१० बाट सोमबार पक्राउ गरेको हो।
दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment