सवारी दुर्घटनामा दुई जनाको मृत्यु

डिसी नेपाल
१० भदौ २०८२ १७:३५
2.0k
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

सुनसरीको धरान उपमहानगरपालिका-१४ बिजयपुर चोकस्थित सडकमा को.१ ह ६०१९ नम्बरको अटो र को.३७ प ७९८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१४ बस्ने ३२ वर्षीय सन्दिप मगरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नुवाकोटको ककनी गाउँपालिका-२ काउलेस्थित सडकमा बा.प्र.०२-०५५ प ५१४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा चालक इलाम माईजोगमाई गाउँपालिका-५ बस्ने ४५ वर्षीय किरण राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिन सिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.