साफ यू-१७ महिला च्याम्पियनसिपः नेपालले आज चौथो खेल भुटानसँगै खेल्दै

डिसी नेपाल
११ भदौ २०८२ ८:२१
164
Shares

काठमाडौं। साफ यू-१७ महिला च्याम्पियनसिप नेपालले आज पनि बंगलादेशसँग खेल्दै छ।

बुधबार भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपालले आफ्नो चौथो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरू हुनेछ।

नेपालले आइतबार तेस्रो खेल पनि बंगलादेशसँगै खेलेको थियो। खेलमा नेपाल ३-० गोलले पराजित भएको थियो।

त्यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २–१ गोलले पराजित गरेको थियो।
आजको खेलमा पराजित भए नेपाल दुई खेल बाँकी छँदै उपाधिबाट बाहिरिनेछ।

प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोलीले भाग लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.