सवारी दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

डिसी नेपाल
११ भदौ २०८२ ९:२१
164
Shares

बनियानी । कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने एकै परिवारका चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत गए राति सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५४४६ नम्बरको भ्यान र विपरीत दिशाबाट जाँदै गरेको मे१च ३४४० नम्बरको भ्यान एकापसमा ठोक्किँदा भ्यानका चालक शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको हो।

दुर्घटनामा मारुती भ्यानमा सवार शिवसताक्षी नगरपालिका–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उहाँकी ३७ वर्षीया पत्नी पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र नौ वर्षीया छोरी प्रिन्सा घाइते भएका छन्। घाइते चारै जनाको अवस्था सामान्य छ।

पिकअप र त्यसका चालक धनकुटा महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.