नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार

डिसी नेपाल
११ भदौ २०८२ १५:५२
20
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचक ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेर कारोबार बन्द भएको छ। यस अघि मंगलबार २७६६.०९ बिन्दुमा पुगेर कारोबार बन्द भएको नेप्से परिसुचकले आज २८ सय बिन्दु नाघेको हो।

मंगलबार ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता मात्रै शेयर कारोबार भएको बजारमा बुधबार कुल ३२१ स्टकको ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएको छ।

आज सेन्सेन्टीभ इन्डेक्स ८.५२ अंकले बढेको छ। फ्लोट इन्डेक्स ३.५५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.०६ अंकले बढेको छ। आज विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ४७ रुपैयाँले बढेर ५१७..२० रुपैयाँमा अन्तिम कारोबार भएको छ। समता घरेलु लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ८२ रुपैयाँले बढेर ९५७.९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

ग्रिनभेन्र्चस लिमिटेडको शेयर मूल्य ४३.४९ रुपैयाँले बढेर ५८१.४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माईक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ९०.२३ रुपैयाँले बढेर १२७७.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यसदिन नेपाल रिपब्लीक मिडियाको शेयर मूल्य ४.२९ प्रतिशतले घटेर ५३४.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ। मंगलबार यसक म्पनीके शेयर मूल्य ५५८.७८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस्तै यसदिन सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ३.०५ प्रतिशतले घटेर १७८१.१७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

आज नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, ग्रिन भेन्र्चस लिमिटेड, हिमालयन डिस्टिलरीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *