एन्फा एएफसी लाइसेन्स कोचिङ कोर्स सुरु

डिसी नेपाल
११ भदौ २०८२ १७:४७
20
Shares

मोरङ। पथरीमा बुधबारबाट एन्फा एएफसी लाइसेन्स कोचिङ कोर्स सुरु भएको छ। मोरङ जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको सो तालिममा देशभरका २४ जना सहभागिता रहेको छ।

पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिमको बुधबार भएको उदघाटन् सत्रमा पथरीशनिश्चरे नगरपालिकाकी उपमेयर देवीमाया काफ्ले, एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्का लगायतले तालिमको आवश्यकता र महत्वबारे आफ्नो धारणा राखेका थिए।

जिल्ला फुटबल संघ मोरङका अध्यक्ष सन्जिव बुढाथोकीको अध्यक्षतामा उदघाटन सत्र भएको थियो। २ हप्ता सम्म हुने सो तालिमको प्रशिक्षक नेपाली फुटबल टोलीका पुर्व खेलाडी तथा एन्फाका टेक्निकल डाइरेक्टर खड्का रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.