खोलामा फसेका चार जनाको उद्धार

डिसी नेपाल
११ भदौ २०८२ १८:३३
64
Shares

विराटनगर । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–२ स्थित रहेको ईवा खोलामा अचानक आएको बाढीको कारण खोलाको बीच भागमा फसेका ४ जना मानिसलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

भदौ १० गते साँझ पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङ सिदिङवा गाउँपालिकाको सिमानामा रहेको ईवा खोलामा पाहा मार्न गएका स्थानिय फिदिम नगरपालिका–४ का १९ बर्षीय प्रतिक तामाङ, २३ बर्षीय झल्ला सम्बाहाम्फे, २८ बर्षीय शेर बहादुर मगर र ताप्लेजुङ सिदिङवाका २२ बर्षीय सन्तोष पन्धाक अचानक आएको बाढी कारण खोलाको बीच भागमा रहेको बगरमा फसेका थिए।

घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी फलैचा, इलाका प्रहरी कार्यालय च्याङथापु र अमरपुरबाट खटिएको प्रहरी टोलीले पानी परिरहेको र खोलामा भेल बाढी आईरहेको कारण उद्धार गर्न कठिनाई भएकोले उनिहरुलाई राती खानको लागी चाउचाउ र लाईटरलाई ढुंगामा पोको पारेर फाली उपलव्ध गराएका थिए।

रातभरी ठूलो ढुंगाको ओतमा आगो तापी बसेका उनिहरुलाई ११ गते बिहान खोलामा बाँसको पुल बनाई स्थानियको सहयोगमा सकुशल उद्दार गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.