बारामा बाघको आक्रमणबाट शर्माको मृत्यु

डिसी नेपाल
११ भदौ २०८२ १९:००
164
Shares

रौतहट । बाराको आधाभार जंगलमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

बाघको आक्रमणमा परी जितपुरसिमरा उपमहानगरपालिका–२२ दुई नं. पुल निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्मा रहेको प्रहरीले जानकारी दिएको छ। घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास गर्दा आधाभार जंगलमा स्कुटी र घाँस भेटिएको थियो।

उनीहरुले प्रहरीलाई खबर गरेपछि नेपाली सेना सहितको टोली घटना स्थलमा पुगेको हो । त्यसपछि प्रहरीले खोजतलास गर्ने क्रममा त्यही क्षेत्रमा चप्पल र केही रगतको दाग भेटिएको थियो। शवको टाउको नभएको र बाघले आक्रमण गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमाट्मका लागि प्रादेशीक अस्पताल कलैयामा पठाइएको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.