मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

डिसी नेपाल
१२ भदौ २०८२ १२:३९
36
Shares

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले झापाको दमकमा निर्मित सडक आयोजना कार्यालयको उद्घाटन गरेका छन्।

मन्त्री दहालले बिहीवार काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन्।

सो अवसरमा मन्त्री दाहालले निर्धारित समयभित्र नै सडक बिस्तारको काम सक्न निर्देशन दिएका छन् । योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार आयोजना सम्पन्न भएपछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुनेछ।

उद्घाटनमा सडक बिभागका महा निदेशक डा. विजय जैशी, एडीबि परियोजना प्रमुख चुडाराज ढकाललगायत बिभागका अधिकारीहरुको सहभागिता रहेको थियो। ८ करोड ७ लाख रुपैयाँको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.