नेपाल ‘ए’ आसामसँग पराजित
काठमाडौं। भारतमा आजदेखि सुरु भएको नेपाल ‘ए’ र आसामबीचको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ।
भारतको गुहावटीमा आज भएको खेलमा नेपाल ‘ए’ डीएलएस मेथडका आधारमा आसमसँग १५ रनले पराजित भएको हो। पाँच खेलको शृङ्खलामा नेपाल १–० ले पछि परेको छ। शृङ्खलाको दोस्रो खेल भोलो हुनेछ।
आसामले प्रस्तुत गरेको एक सय ९१ रनको लक्ष्य पन्छाएको नेपालले आठ ओभरमा तीन विकेट गुमाउँदै ६४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो।
खेल रोकिनुअघि नेपाल ए का शुभ कंसाकारले ३३ तथा सन्दीप जोरा दुई रन बनाएर खेलिरहेका थिए। यसैगरी कप्तान अनिलकुमार साह २०, पवन सर्राफ ६ र इशान पाण्डे एक रन बनाएका थिए।
आसामका लागि मरिनमोय दत्त र आकाश सेनगुप्ता समान एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आसामले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ९० रनको योगफल बनाएको थियो।
आसामका लागि सुमित घाडीगाँउकरले ३४, अभिनव चौधरीले २६, आकाश सेनगुप्ताले अविजित २४, रोहित शेनले २४, सुमित काश्यपले २२, साहिल जैनले १७ तथा अविलश गोगोइ र आयुशमान मालाकारले समान १३ रन बनाए।
नेपालका लागि आकाश चन्दले तीन, सागर ढकाल र विवेककुमार यादवले समान दुई÷दुई विकेट लिए भने आदिल आलम अन्सारीले एक विकेट लिए।







डिसी नेपाल








Facebook Comment