अवैध औषधी बरामद

डिसी नेपाल
१२ भदौ २०८२ १९:२६

काठमाडौं । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका–१८ लगदहवाबाट भाद्र १२ गते २३ लाख रुपैयाँभन्दा बढीको अवैध औषधी सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको BN–ALCO DROPS नामक औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जयसपुरबाट सशस्त्र प्रहरी निरीक्षक आवेश पुनको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । बरामद औषधी जमुनहा भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.