धादिङ-धार्के कालोपत्रे सडकमा लगाइयो बार
काठमाडौं । धादिङ-धार्के सडक कालोपत्रेको विरोधमा सडकमै बार लगाइएको छ।
धादिङ-धार्के साबिक केबलपुर धुनिबासी नगरपालिका-५, ९ ग कित्ता नं १२० मा नेपाल सरकार सडक विभागको लापरबाहीको कारण बिमला महर्जनको निजी जग्गामा बिना जानकारी तथा मापदण्ड विपरीत ३ रोपनी १५ आना र २ पैसा जग्गामा गैरकानुनी रुपमा कालोपत्रे गरेको हुँदा राष्ट्रिय परिषदद्वारा सडकमै बार लगाइएको हो।
परिषदका संयोजक सुमन सायमी, हलिं नेवा: गुठीका संस्थापक शान्त प्रकाश श्रेष्ठ, बिनोद महर्जन, राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशल कुमार सिंह, प्रवक्ता रबिन्द्र कुमार श्रेष्ठ, बिकास बाबू श्रेष्ठ, बिकास घिमिरे, बेबि राजभण्डारीलगायत नेताको उपस्थितिमा महर्जनको जग्गा मापदण्ड अनुसार बाटोमा दिनुपर्ने जग्गा बाहेक बाँकी जमिन फिर्ता दिलाउन मागसहित सडकमै तारबार लगाइएको छ।







डिसी नेपाल







Facebook Comment