लत्ताकपडासहित भारतीय स्कारपियो नियन्त्रणमा

डिसी नेपाल
१३ भदौ २०८२ १२:२६
16
Shares

सिरहा । सिरहा जिल्लाको लहान नगरपालिका–१९ स्थित कटाहा चोकबाट भाद्र १२ गते सशस्त्र प्रहरीले ७ लाख रुपैयाँभन्दा बढीको भन्सार छलिको लत्ताकपडासहित एउटा स्कारपियो गाडी नियन्त्रणमा लिएको छ।

बिआर ०१ पिबि ४६४२ नम्बरको भारतीय स्कारपियो गाडीमा राखेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित करीब १५ लाख रुपैयाँ बराबरको गाडी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लहानले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीको गस्ती टोलीले गाडी रोकेर जाँच गर्न खोज्दा गाडी तिब्रगतिमा केही परा लगेर बाटोको छेउमा छाडी चालक फरार भएका थिए। बरामद लत्ताकपडा तथा गाडि आवश्यक कारबाहीको लागि भन्सार कार्यालय ठाडीमा बुझाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.