२५ किलो गाँजासहित सर्लाहीका ब्लोन पक्राउ

डिसी नेपाल
१३ भदौ २०८२ १६:२६
40
Shares

रौतहट। सर्लाही प्रहरीले लागूऔषध गाँजा २५ किलोसहित एक युवकलाई पक्राउ गरेको छ।

लालबन्दी नगरपालिका८, खतिवडा चोकबाट प्रहरीले २० वर्षीय सन्ते ब्लोनलाई पक्राउ गरेको हो।

लालबन्दी नगरपालिका१४, नारायणखोला कामीटार बस्ने ब्लोनसहित मोटरसाइकल र झोला प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताए

उनका अनुसार नारायणखोलाबाट पत्थरकोट हुँदै लालबन्दीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२०४२ प ४०५३ नम्वरको मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकलमा सवार दुई युवक भाग्न खोजेपछी प्रहरीले पछ्याउँदै गएको हो।

मोटरसाइकल र साथमा भएको झोला छाडेर खेतैखेत भागेका युवकमध्ये कामीटारका ब्लोनलाई पछ्याउँदै जाँदा पक्राउ गर्न सफल भएको र अर्का युवक फरार भएको उनले जानकारी दिए।

प्रहरीलाई देखेपछि युवकहरुले फालेको झोला भित्रबाट पाँचवटा पोकामा रहेका २५ केजी गाँजा बरामद भएको उनको भनाइ छ। यस विषयमा आवश्यक अनुसन्धान भै रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.