प्रधानमन्त्री ओली चीनको थ्येनचिन विमानस्थमा अवतरण

डिसी नेपाल
१४ भदौ २०८२ १५:०१
112
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन पुगेका छन्। सन् २०२५ एससीओ शिखर सम्मेलनमा भाग लिन शनिबार दिउँसो ओली चीनको थ्यानचिन पुगेका हुन्।

ओली शनिबार दिउँसो थ्येनचिन पिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी अगस्ट ३१ तारिखदेखि सेप्टेम्बर १ तारिखसम्म थ्येनचिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन चीन पुगेका हुन्।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली शनिबार विहान चीनतर्फ उडेका थिए।

ओलीको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा प्रथम महिला श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीलगायत गरि २३ जना सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यस वर्ष नेपालले एससीओको संवाद साझेदारको रूपमा दशौं वार्षिकोत्सव र चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाउने कार्यतालिका छ। (भिडियोसीसीटीभीप्लस)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.