एकदिवसीय अभ्यास खेलमा नेपालको जित
काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो एकदिवसीय अभ्यास खेलमा जित निकालेको छ। साउथ अस्ट्रेलियाविरूद्ध शनिबार भएको खेलमा नेपालले २ विकेटको जित निकालेको हो।
पहिले ब्याटिङ गरेको साउद अस्ट्रेलिया ४५ ओभरमा २४२ रनमा अलआउट भयो। २४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले शतक प्रहार गरे। उनले नटआउट १०१ रन बनाए। गुल्सन झाले ३६ रन र सोमपाल कामीले नटआउट ४० रन बनाए।
बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले ३–३ विकेट लिए। रूपेश सिंह, सन्दीप लामिछाने र शाहब अलामले १–१ विकेट लिए।
यसअघि नेपालले बिहीबार खेलिएका दुईवटा टी–२० अभ्यास खेलमा पराजय भोगेको थियो।
नेपाललाई साउथ अस्ट्रेलियाले दुई अभ्यास खेलमा पराजित गरेको थियो। यस्तै नेपालले मंगलबार एसिटी अस्ट्रेलियाविरूद्धको दुवै अभ्यास खेलमा जित निकालेको थियो।







डिसी नेपाल








Facebook Comment