सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका-४ काठे पुलस्थित सडकमा स.१० प ७७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सप्तरी राजपुर नगरपालिका-९ बस्ने ३५ वर्षीय अशोक कुमार यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको हाईवे अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
चितवनको भरतपुर महानगरपालिका-१० विशाल चोकमा रमाईलो चोकबाट विशालचोकतर्फ आउँदै गरेको बा.१५ च ४६९३ नम्बरको कार अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका-२ आँपटारी बस्ने २९ वर्षीय बिप्लब भट्टको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
ललितपुरको ललितपुर महानगरपालिका-१५ सातदोबाटोस्थित सडकमा बा.७२ प ९५९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक काठमाडौं महानगरपालिका-३२ बालकुमारी बस्ने दाङ घर भएका २८ वर्षीय सुरेश चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सिराहा, मिर्चैया नगरपालिका-७ जिवा टोलस्थित सडकमा फुलबरियाबाट नरहातर्फ आउँदै गरेको प्रदेश २-०१-००३ प ३३६५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया कुन्ती देवी साहको मृत्यु भएको छ। शुक्रबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लाहानमा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले सबै घटनाका सम्बन्धमा आवस्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment