मधेस प्रदेशका मुख्यमन्त्री सिंह स्विट्जरल्याण्ड प्रस्थान
जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्विट्जरल्याण्डका लागि प्रस्थान गरेका छन्। उनी त्यहाँ आयोजना हुने एक कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका हुन्।
मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेश झाले यही अगस्ट ३१ देखि सेप्टेम्बर ६ सम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको जानकारी दिए। भ्रमणका क्रममा संघीय प्रणालीअन्तर्गत अन्तर-सरकारी सहकार्यलगायत विषयमा छलफल, अन्तरराष्ट्रिय अनुभव आदान-प्रदान गर्ने कार्यक्रम रहेको छ।
उनको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment