नागढुंगाबाट १०२० एम्पुल लागूऔषधसहित एक जना पक्राउ

डिसी नेपाल
१५ भदौ २०८२ १७:०७
220
Shares

काठमाडौं । प्रहरीले नागढुंगाबाट १०२० एम्पुल लागऔषधसहित एक जनालाई पक्राउ गरेको छ

जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता अपीलराज बोहराका अनुसार राजविराजबाट काठमाडौं आउँदै गरेको प्र. ०१००६ ख ५४३१ नम्बरको यात्रु वाहक बसमा सवार रञ्जित मेहताले लुकाएको अवस्थामा उक्त परिणामको लागु औषध बरामद भएको हो

लागु औषधसहित पक्राउ परेका सप्तरी छिन्नमस्ता गाउँपालिका १ का १९ वर्षीय मेहतामाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ मेहतामाथि लागूऔषध ब्यूरो, शाखा कार्यालय नागढुंगाले अनुसन्धान अगाडि बढाएको हो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.