तीन जनाको शव फेला

डिसी नेपाल
१५ भदौ २०८२ १७:१९
1.7k
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ।

कास्कीको पोखरा महानगरपालिका-४ फिर्के पुल नजिकै डेरा गरी बस्ने सोही महानगरपालिका-१८ साराङकोट घर भएका ४५ वर्षीय सुरेन्द्र नेपाली आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन्।

रूपन्देही, सैनामैना नगरपालिका-१० पानबारीस्थित कंचनखोलाको पक्की पुलमुनी सोही ठाउँ बस्ने ६५ वर्षीय मन बहादुर बुढाथोकी आइतबार मृत अवस्थामा फेला परेका छन्।

भोजपुर, अरूण गाउँपालिका-१ रातमाटे टोल बस्ने ६३ वर्षीय दुर्गा बहादुर तामाङ आफ्नै घर नजिकै खोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.