कानुनी संरचना र अपर्याप्त लगानी अभावले पुस्तकालय पूर्ण क्षमतामा सञ्चालान हुन सकेनन् : सञ्चारमन्त्री

डिसी नेपाल
१५ भदौ २०८२ १७:२७
24
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले कानुनी संरचना पर्याप्त लगानी र प्रविधिको कमिका कारण पुस्तकालयहरु अझै पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताएका छन्।

आइतबार काठमाडौंमा राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार,स्थानीय तह र समुदाय मिलेर पुस्तकालयलाई बलियो कानुनी आधार,बजेट र प्रविधिसहित सक्षम बनाउन आवश्यक रहेको बताए।

उनले भने,‘पुस्तकालयहरु केवल अध्ययन स्थल मात्र होइनन् ,यी नागरिकको चेतना जगाउने केन्द्र ,सामाजिक संवादका चौतारी र परिवर्तनको उत्प्रेरक शक्ति पनि हुन्। समाजका सबै तहका मानिसहरुको लागि पुस्तकालयले शिक्षा,सिप र आत्मबल प्रदान गर्दै आएको छ। यद्यपी कानुनी संरचना पर्याप्त लगानी र प्रविधिको कमिका कारण अझै पूर्ण क्षमतामा पुगेका छैनन्। अब सरकार,स्थानीय तह र समुदाय सबै मिलेर पुस्तकालयलाई बलियो कानुनी आधार,बजेट र प्रविधिसहित सक्षम बनाउन अतिआवश्यक छ।’

मन्त्री गुरुङले पुस्तकालय केवल किताव राख्ने स्थल मात्र नभई ज्ञानको केन्द्र चेतना जगाउने स्तर र समाजको दिगो विकासको आधार पनि भएको धारणा राखे। आजको डिजिटल युगमा पनि पुस्ताकालयको महत्व कम नभएको बताउँदै उनले यसले डिजिटल पहुँच, इपुस्तक,अनुसन्धान सामाग्री र सुरक्षित अध्ययन वातावरण प्रदान गर्दै नागरिकलाई शसक्त बनाएको बताए।

‘पुस्तकालय केवल किताव राख्ने स्थल मात्र होईन्। यो ज्ञानको केन्द्र चेतना जगाउने स्तर र समाजको दिगो विकासको आधार पनि हो। नेपालको पुस्तकालय इतिहास, जनचेतना, सामाजिक रुपान्तरण र प्रजातान्त्रिक आन्दोलनसँग गहिरो रुपमा गाँसिएको छ। आजको डिजिटल युगमा पनि पुस्ताकालयको महत्व कम भएको छैन। यसले डिजिटल पहुँच,इपुस्तक,अनुसन्धान सामाग्री र सुरक्षित अध्ययन वातावरण प्रदान गर्दै नागरिकलाई शसक्त बनाएको छ।

युवाहरुको लागि पुस्तकालय अनुसन्धान नवप्रवद्र्धन र सिप विकासको प्रमुख स्थल बनेको उनको भनाई छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.