राप्रपा नेता पौडेलको निधन
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका संस्थापक सदस्य तथा हेटौंडा–१९ निवासी ज्ञान प्रसाद पौडेलको असामयिक निधन भएको छ।
उनको निधनको खबरले मकवानपुर राजनीतिक तथा सामाजिक क्षेत्र स्तब्ध बनेको छ। पौडेल लामो समयदेखि राप्रपा संगठन विस्तारमा सक्रिय रहँदै आएका थिए।
पार्टीको प्रारम्भिक दिनदेखि नेतृत्व र संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएका उनी समाजसेवीका रूपमा समेत परिचित थिए।
राप्रपा मकवानपुरका जिल्ला अध्यक्ष सागर थापाले पौडेलको निधनले जिल्लामा अपूरणीय क्षति पुगेको बताएका छन्। उनले पौडेल पार्टीका इमानदार, समर्पित र संघर्षशील व्यक्तित्व भएको स्मरण गर्दै उनको योगदान सधैं सम्झन योग्य रहने बताए।
पौडेलको अन्त्येष्टि सम्बन्धी विवरण परिवारजनले पछि सार्वजनिक गर्ने जनाइएको छ।







डिसी नेपाल







Facebook Comment