प्रहरीले चलाएको गोली लागेर जनकपुरमा एक जना घाइते

डिसी नेपाल
१५ भदौ २०८२ २०:५७
632
Shares

जनकपुरधाम । जनकपुरमा हिन्दु समुदाय र प्रहरीबीच भएको झडपमा गोली लागेर एकजना घाइते भएका छन्।

घाइते हुनेमा देवपुरारुपैठाका २९ वर्षीय लक्ष्मण मुखिया छन्। उनको दुवै घुँडामा गोली लागेको छ। प्रहरीका अनुसार उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

झडपमा ७ जना प्रहरी र केही सर्वसाधारण घाइते भएका छन्। घाइते प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठामा हिजो झण्डाचोकमा रहेको टावरलाईट जडान भएको पोलमा लगाएको हरियो झण्डा हटाउने क्रममा दुई समुदायबीच झडप भएको थियो। हिजैदेखि अवस्था त्यहाँको तनावपूर्ण रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.