कैदीबन्दीलाई पुस्तक वितरण
त्रिवेणी (रुकुम पश्चिम) । अठारौँ पुस्तकालय दिवसका अवसरमा जिल्ला कारागार रुकुम पश्चिमका कैदीबन्दीलाई पुस्तक तथा खेल सामग्री वितरण गरिएको छ।
जनविकास पुस्तकालय र पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घ रुकुम पश्चिमले संयुक्तरुपमा आज उहाँहरुलाई रु ५० हजार बराबरको उक्त सामग्री वितरण गरिएको हो।
जनविकास पुस्तकालयका सहसचिव ओमबहादुर केसीका अनुसार उपन्यास, निबन्ध, कविता, गजल सङ्ग्रहसहितका पुस्तक तथा कापी वितरण गरिएको हो । कैदी बन्दीलाई सृजनशील बनाउन पुस्तक उपलब्ध गराइएको उनले बताए।
प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी, कर्णाली प्रदेशका पूर्वसचिव भरतकुमार शर्मा, जनविकास पुस्तकालयका कार्यवाहक अध्यक्ष नारायणप्रसाद शर्मा, पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घका जिल्ला अध्यक्ष कर्ण ओलीलगायतले पुस्तक तथा खेल सामग्री हस्तान्तरण गरेका हुन्।







डिसी नेपाल








Facebook Comment