रूसकै तेलबाट अर्थतन्त्र चलाउँदै युक्रेन

डिसी नेपाल
१६ भदौ २०८२ १४:२९
7.7k
Shares

काठमाडौं । रूससँग युद्ध गरिरहेको युक्रेन आफ्नो अर्थव्यवस्थालाई गतिशील बनाउन रूसमै निर्भर रहेको अन्तर्राष्ट्रिय व्यापार तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार जुलाई महिनामा युक्रेनमा आपूर्ति भएको डिजेलको सबैभन्दा ठूलो भाग रूसकै थियो ।

जुलाई २०२५ मा युक्रेनलाई सबैभन्दा धेरै डिजेल भारतले आपूर्ति गरेको थियो। युक्रेनको तेल बजार विश्लेषण फर्म नाफ्टोरिनोकले यो जानकारी दिएको छ। र, अहिले भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता रूस हो ।

रूससँग युद्ध चलिरहे पनि युक्रेनले रूसकै तेल भारतसँग किनिरहेको छ । डिजेल आपूर्तिमा यो वृद्धि यस्तो समयमा भएको हो जब अमेरिकाले रुसी तेल आयात गरेबापत भारतमाथि ५० प्रतिशत दण्डात्मक भन्सार लगाएको छ।

नाफ्टोरिनोकका अनुसार भारतले यस महिना युक्रेनको डिजेलको मागको १५.५% पूरा गर्‍यो, जुन गत वर्ष जुलाई २०२४ मा केवल १.९% थियो।

जुलाई २०२५ मा भारतले युक्रेनमा दैनिक औसत २,७०० टन डिजेल पठाएको थियो, जुन यस वर्षको सबैभन्दा उच्च मासिक निर्यात तथ्याङ्क हो।

यहाँ सबैभन्दा रोचक कुरा के छ भने डिजेल बनाउनको लागि भारतले धेरैजसो कच्चा तेल युक्रेनसँग युद्धमा रहेको रूसबाट किनिरहेको छ।

अर्थात्, एकातिर अमेरिकाले रुसी तेल किनेकोमा भारतलाई दण्ड दिइरहेको छ भने अर्कोतिर भारतको डिजेलले युक्रेनको युद्धकालीन अर्थतन्त्रलाई सहयोग गरिरहेको छ। यसले विश्वव्यापी कूटनीति र व्यापारको जटिलतालाई देखाउँछ।

जुलाईमा युक्रेनलाइ तेल आपूर्ति गर्ने अन्य प्रमुख आपूर्तिकर्ताहरूमा स्लोभाकिया (१५%), ग्रीस (१३.५%), टर्की (१२.४%) र लिथुआनिया (११.४%) समावेश थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.