देवपुरा-रुपैठाको अवस्था सामान्य बन्दै
जनकपुरधाम। जनकपुरधाम-२० देवपुरा-रुपैठाको जनजीवन सामान्य बन्दै गएको छ । गत शनिबारदेखि गणेश पूजाको मूर्ति शेलाउने तथा झण्डा राख्ने विषयमा स्थानीय दुई समुदायबीच विवाद तथा झडप भएपछि यहाँको अवस्था तनावग्रस्त भएको थियो।
आजदेखि यहाँको अवस्था सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए। त्यहाँ शान्तिसुरक्षाको अवस्था मजबुत पारिएको उल्लेख गर्दै उनले कुनै पनि साम्प्रदायिक घटना हुन नदिनका लागि सचेत हुन सबैलाई आग्रह गरे।
हाल त्यहाँ अप्रिय घटना हुन नदिनका लागि ठूलो सङ्ख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। शनिबारदेखि दुई समुदायबीच झडप हुन थालेपछि त्यहाँका बासिन्दा तनावमा थिए।
मुर्ति सेलाउने क्रममा तथा भण्डा हटाउने विषयमा प्रहरी र स्थानीयबीच पनि झडप हुँदै आएको थियो।शान्तिसुरक्षा खलबलिन नदिन स्थानीय समुदाय र प्रहरी प्रशासनबीच सहमति भएको छ।







डिसी नेपाल







Facebook Comment