नक्कली कागजात बनाउने कार्यमा संलग्न तीन जना पक्राउ

डिसी नेपाल
१६ भदौ २०८२ २३:२५
128
Shares

काठमाडौं। प्रहरीले नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

गोरखा सहिदलखन गाउँपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–३ बस्ने ४५ वर्षीय अचल लामिछाने, सुर्खेत, विरेन्द्रनगर नगरपालिका–७ घर भई हाल काठमाडौं धुम्बाराही बस्ने २९ वर्षीय सन्देश गौतम र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ घर भई हाल काठमाडौं गोङ्गबु बस्ने २१ वर्षीय सविन आलेमगर पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, ‘काठमाडौंको सामाखुशी टाउनप्लानिङमा अचल लामिछानेले सञ्चालन गरेको ‘इजीसप’मा एसइई, प्रहरी रिपोर्ट, विभिन्न होटल तथा संस्थामा काम गरेको ‘एक्सप्रेन्स लेटर’सहित नक्कली (कीर्ते) कागजात बनाउने गरेको भन्ने सूचनाका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले निजहरूलाई पक्राउ गरेको हो।’

खानतलासी गर्दा पसलमा भएको कम्प्युटरमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको कीर्ते कागजात फेला परेकामा उक्त कम्प्युटर बरामद गरी निज तीन जनालाई नियन्त्रणमा लिई आज काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.