संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै
काठमाडौं। आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्ने तय भएको छ।
मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समिति गरि दुई समितिको बैठक बस्न लागिएको हो।
आज बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको हालसम्मको कामकारबाहीको समीक्षा गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको २ बजे बस्ने तय भएको छ।
साथै, विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ९ बजे बस्ने तय भएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment