तिआन्जिन बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधनः बहुपक्षीय प्रणाली सुदृढीकरण गर्न जोड
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस बैठकलाई सम्बोधन गर्दै वर्तमान विश्वका चुनौतीहरू समाधान गर्न “नवजीवितबहुपक्षीयता”आवश्यकरहेकोबताए।
उनले नेपाललाई एससीओको पूर्ण सदस्यका रूपमा प्रवेश गराउन पुनः प्रतिबद्धता व्यक्त गरे ।
सोमबार तिआन्जिनमा आयोजित बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि र नवप्रवर्तनमा विश्वले उल्लेखनीय प्रगति गरे पनि असमानता, जलवायु आपतकालीन अवस्था र सिमाना द्वन्द्वका कारण मानव सभ्यता चुनौतीमा परेको बताए ।
“यस्तो परिस्थितिमा कुनै पनि देश एक्लै सुरक्षित हुन सक्दैन, कुनै पनि जनता विखण्डनमा समृद्धि हासिल गर्न सक्दैनन् । त्यसैले बहुपक्षीयता हाम्रो समयको अपरिहार्यता हो,”प्रधानमन्त्री ओलीले भने । उनले नियम–आधारित अन्तर्राष्ट्रिय प्रणाली चुनौतीमा परेको र बहुपक्षीयताले अपेक्षित नतिजा दिन नसकेको प्रष्ट पारे ।
चीनद्वारा प्रस्तुत विश्व सुशासन पहलको स्वागत गर्दै उनले यसले संयुक्त राष्ट्र संघलाई केन्द्रमा राखी अझ न्यायपूर्ण, समावेशी र समान प्रणाली निर्माण गर्न सहयोग गर्ने बताए । साथै, एससीओलाई “अझएकताबद्ध, अझ समन्वित र अझ लचिलो”बनाईभूराजनीतिक, आर्थिक र वातावरणीय झट्काहरूलाई सामूहिक रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
नेपाल २०१६ देखि एससीओको संवाद साझेदार रहेको स्मरण गर्दै उनले नेपाल पूर्ण सदस्य बन्न तयार रहेको बताए ।
क्षेत्रीय सुरक्षाबारे बोल्दै प्रधानमन्त्री ओलीले आतंकवाद, साइबर आक्रमण, महामारी र जलवायु परिवर्तनलाई सिमाना नमान्ने खतराका रूपमा औंल्याए । हिमाललाई विश्वको जलवायु सन्तुलकका रूपमा चिनाउँदै उनले हिमालको बरफ संचित भण्डार हराउँदै जाँदा तल्लो भूभागमा रहेका अर्बौं मानिसको जीवन संकटमा पर्ने चेतावनी दिए ।
प्रधानमन्त्री ओलीले आपसी सहकार्यलाई मजबुत बनाउन, मतभेदभन्दा आपसी समझादारी तर्फ र प्रतिस्पर्धाबाट सहकार्यको रुपान्तरणमा सबै मुलुक लाग्नु पर्नेमा जोड दिए ।







डिसी नेपाल







Facebook Comment