मोटरसाइकल दुर्घटनामा परी हराएका दुईजना युवक मृत भेटिए

डिसी नेपाल
१७ भदौ २०८२ १२:५६
2.7k
Shares

काठमाडौं । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना भई हराएका दुई जनाको शव फेला परेको छ। फेला परेको एउटा शव रोप रेस्क्यु विधीबाट निकाल्ने कार्य भइरहेको छ भने अर्को शव सोही खोलामा स्थानीयले देखेको भनी जानकारी प्राप्त भएको छ।

भदौ १५ गते रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका६ ठाडे बस्ने २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ एएए३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएकोमा हालसम्म सम्पर्कमा नआएपछि निजको आफन्तले खोजीकार्यको लागि भदौ १७ गते विहान जिल्ला प्रहरी कार्यालय रसुवामा निवेदन दिएका थिए।

निवेदन प्राप्त भएपछि नेपाली सेना श्रीनाथ गण धुन्चेस्थित चेकप्वाईन्टमा जडान भएको सिसिटिभी फुटेजमा सोही दिनको राती करीब १० बजेको समयमा धुन्चेबाट ठाडेतर्फ मोटरसाइकलमा गएको देखिएको थियो।

सिसिटिभी फुटेजकै आधारमा उनीहरुको खोजीकार्यको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक मोहविर नगालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बल सहितको संयुक्त टोली भदौ १७ गते विहान परिचालन भएको छ।

घटनाको प्रकृति हेर्दा मोटरसाइकल सडकबाट करिब दुई सय ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको जस्तो देखिएको शसस्त्र प्रहरीका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.