नेता महरविरूद्ध मुद्दा दर्ता
काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नेकपा एमालेका नेता ऐन महरविरूद्ध मुद्दा दर्ता गरेको छ।
महरविरूद्ध सोमबार साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
एक महिलामाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा महरमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुरमा मुद्दा दर्ता भएको छ।
अब प्रतिवादी महर अदालतमा हाजिर भएपछि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे थुनछेक हुनेछ।
यसअघि सरकारी वकिल कार्यालयले महरलाई गत भदौ ११ मा हाजिरी जमानीमा छाडिएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment